१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाद्वारा घलेको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्वसभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजाे सभापति देउवाका तर्फबाट शोक वक्तव्य जारी गरी जीतमायाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

सभापति देउवाले स्व.घलेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

कांग्रेसको नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व.घलेले सक्रिय भूमिका निर्वाह गरेको बताउँदै उनको निधनले पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App