४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दीपक कार्की कामु प्रधानन्यायाधीश बन्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्। कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्।

६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र स्वतःअवकाश हुनेछन्। जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो।  

तर जबराविरुद्ध महाअभियोग लागेपछि कार्कीले अवसर पाएका हुन्। संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म प्रधानन्यायाधीशले कुनै कामकारबाही गर्न पाउनेछैनन्।

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन्।

प्रकाशित: १ फाल्गुन २०७८ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App