६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिलेको गठबन्धन अझै बलियो भएर जान्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन अझै बलियो भएर जाने बताएका छन्।

आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताए।

 अध्यक्ष नेपालले भने, 'गठबन्धनका बीच आपसी अविश्वास पैदा गराउन खोजिए गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाव गर्नेछ।' उनले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा एमालेका पूर्वसांसद सुवास कर्माचार्यसहित करिब १५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीमा प्रवेश गर्नेलाई अध्यक्ष नेपालले टीका र खादा लगाएर स्वागत गरे।

एमालेका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दीपक नेपाल, रवीन्द्र शर्मा, विष्णुलाल श्रेष्ठ, विजय ढुङ्गाना, किशोर लामा, सगुन श्रेष्ठ, धुव्रराज गिरी र फइन्द्र तामाङलगायत सिन्धुपाल्चोकका १०० बढी नेता काभ्रेबाट ५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन्।

प्रकाशित: १९ माघ २०७८ १३:२२ बुधबार

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल