५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ पार्टीको तयारीमा कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा ‘नयाँ अभियान’ सुरु गर्ने भएका छन्।

पार्टी अध्यक्षमा पराजित भएका थापाले पुस २७ गतेबाट नयाँ अभियान सुरु गर्दै आम निर्वाचनअघि नयाँ पार्टीको आकार दिने तयारी गरेका हुन्। राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण आफू राप्रपाको अध्यक्षमा पराजित भएको आरोप लगाउँदै आएका छन्। पूर्वराजाप्रति असन्तुष्ट थापाले अब राजतन्त्रको एजेन्डालाई छाडेर पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा देशव्यापी अभियान सुरु गर्ने तयारी गरेका छन्।

थापाले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन्। मंसिर २७ मै पठाएको उक्त चिठीबारे लिङ्देनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन्।

निरन्तर पार्टीको मुख्य जिम्मेवारीमा बस्दै आएका थापा त्यस भन्दा बाहिर रहेपछि अभियानकारूपमा नयाँ पार्टीको अभ्यासमा जुटेपछि निकट केही नेताहरू त्यसलाई रोक्न सक्रिय भएका छन्। हाल पोखरामा रहेका थापा काठमाडौं फर्केपछि अभियानका बारेमा थप स्पष्ट पार्ने तयारीमा जुटेका छन्। ‘उहाँले अहिले अभियान भनेपनि कालन्तरमा (आम निर्वाचन अघि) नयाँ पार्टी दर्ता गरेर अघि बढ्ने देखिएको छ,’ राप्रपा निकट एक नेताले भने, ‘हामी सकेसम्म फेरि पार्टी विभाजन हुन नदिने पक्षमा छौं।’

प्रकाशित: १७ पुस २०७८ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App