१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकृति र विसंगति अन्त्य गर्नेतिर राजनीतिक दलको ध्यान जानुपर्नेः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।

आइतबार नेकपा (माओवादी केन्द्र) को ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले राजनीतिक दलहरु शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्न सकिने बताए।

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन, नेपाली जनताको हितको लागि हुनुपर्ने बताए।

प्रकाशित: ११ पुस २०७८ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App