१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् विस्तार, छ मन्त्री थपिए

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज चौथो पटक मन्त्रालय विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले आज तीन मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोह सपथग्रहण गरे।

पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गरेका हुन्। उनले भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई नियुक्त गरेका छन्।

उनीहरू सबैजना नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन्। यो विस्तारसँगै बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको सङ्ख्या १८ पुगेको छ।

प्रकाशित: ९ पुस २०७८ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App