६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवाले विगतजस्तै पार्टी चलाए सशक्त प्रतिवाद गर्ने कोइरालाको चेतावनी

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।

पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा उक्त चेतावनी दिएका हुन्। उनले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनेको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना पनि गरे। नेता कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताए।

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गरे। नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गरे।

नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा त्यो मायालाई कहिल्यै नविर्सने पनि बताए।

प्रकाशित: २९ मंसिर २०७८ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App