६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस कास्कीमा प्यानल बर्चस्व

कास्कीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनन्तर्गत भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा प्यानलको बर्चस्व रहेको छ। कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्यानलको बर्चस्व देखिएको हो।

कास्कीको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी निर्वाचित भएका छन्। प्रतिस्पर्धी मुराहरी कोइरालालाई १७ मतले पराजित गर्दै सुवेदी सभापतिमा निर्वाचित भएका हुन्। बिजयी सुवेदीले २ सय २६ मत पाउँदा कोइरालाले २ सय ९ मत पाए। उक्त निर्वाचन क्षेत्रमा उपसभापतिमा सुवेदी प्यानलका निर्मला ढुंगाना र शुकदेव गुरुङ निर्वाचित भए। सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी, सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्कीको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को (ख) को सभापतिमा कृष्णप्रसाद कोइराला बिजयी भएका छन्। प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मतले पछि पार्दै कोइराला बिजयी भएका हुन्। उपाध्यक्षमा विकास गुरुङ र विष्णु बराल बिजयी भएका छन् भने सचिवमा महेश कार्की र कृतिबल्लभ त्रिपाठी बिजयी भएका छन्। त्यस्तै सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ (क) को सभापतिमा दिनेश आचार्य बिजयी भएका छन्। प्रतिष्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गर्दै आचार्य बिजयी भएका हुन्। बिजयी आचार्यले १ सय २१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीले ९१ मत ल्याए। उपसभापतिमा आचार्य प्यानलका माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा बिजयी भइसकेका छन्। सहसचिवमा भने गीता भण्डारी र केशवराज लामिछाने यसअघि नै सर्वसम्मत भएका थिए।

कास्की २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी बिजयी भए। प्रतिष्पर्धी सुवास सिग्देललाई २२ मतले हराउँदै मर्सानी बिजयी भएका हुन्। बिजयी मर्सानीले १ सय ४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १ सय २० मत पाए। उपसभापतिमा मर्सानी प्यानलकी सरिता पराजुली र होमबहादुर बानियाँ विजयी हुँदा सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। सहसचिवमा भने यसअघी नै नीलम बाटाजु र सुरेश खवास सर्वसम्मत भएका थिए।

कास्की ३ (क) सभापतिमा पुष्पेन्द्र पाण्डे बिजयी भएका छन्। पाण्डे प्रतिष्पर्धी दीपकराज पौडेललाई १० मतले पछि पार्दै बिजयी भएका हुन्। पाण्डेले १ सय ६६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी दीपकराज पौडेलले १ सय ५६ मत प्राप्त गरे। उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए। यस्तै, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्की ३ (ख) सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ बिजयी भएका छन्। पौडेल  प्रतिस्पर्धी दीपकवीर कुँवरलाई १ सय ३ मतले पछि पार्दै बिजयी भएका हुन्। पौडेलले २ सय २७ मत पाउँदा कँुवरले केवल १ सय २४ मत प्राप्त गरे। उपसभापतिमा पौडेल प्यानलकै पदमबहादुर गुरुङ र पार्वतीदेवी कोइराला बिजयी भए। त्यस्तै सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएको जनाइएको छ।

प्रकाशित: ४ मंसिर २०७८ १०:३९ शनिबार

कांग्रेस कास्की