७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान

नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ। जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ। साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो।  

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ। त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ। 

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ। राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा,पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ।आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

प्रकाशित: २६ कार्तिक २०७८ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App