९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ

तस्बिरः रासस

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भ गरिएको हो।

तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनगणना–२०७८ को औपचारिक शुभारम्भ गरिएको बताए। उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो।

तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ। यसरी आजबाट देशभर राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App