७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)ले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।  

मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ।

न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ। बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०७८ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App