५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताको रिहाईको लागि गृहकार्य : खाँण

कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।  

गृहमन्त्री समेत रहेको उनले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे। कार्यबाहक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए।

उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए। सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको खाँणको भनाइ थियो।

कार्यबाहक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताए।

प्रकाशित: १३ कार्तिक २०७८ ११:४० शनिबार

गृहमन्त्री बालकृष्ण खाँण