२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

नेपाली कांग्रेसको एक समूह बिहीबार भारत जाने भएको छ। भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा उक्त टोली भारत जान लागेको हो।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्। यसअघि चौथाइवा भदौको पहिलो साता काँग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए।

पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन्। 

प्रकाशित: २० आश्विन २०७८ ०५:२० बुधबार

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महत काँग्रेसको टोली भारत जाँदै