५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले विधान महाधिवेशनः संगठन प्रस्तावबारे महासचिव पोखरेल

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदैछ।

महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अहिले पार्टीका महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिईरहेका छन्। यसअघि उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए। त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ। त्यसैगरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ। ३ दिनसम्म जारी महाधिवेशन पार्टीका अध्यक्ष ओलीले सम्बोधन गरेपछि समापन हुनेछ। शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेको सो महाधिवेशनमा देशभरका ६ हजार बढी प्रतिनिधिहरु सहभागी रहेका छन्।

प्रकाशित: १७ आश्विन २०७८ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App