१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जनहितका योजना अघि बढाउनूस्: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन्।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उनले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भनिन्। राष्ट्रिपति भण्डारीले भनिन्, 'जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ।'  

विगत दुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूूमिकाको प्रशंसा गर्दै उनले भनिन्,'सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु।'

आयोजक संस्था महासङ्घका अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिईन्। उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुंदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गरिन्। 

प्रकाशित: १५ आश्विन २०७८ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App