१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।

बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन्। उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताए।  

उनले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए। उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रस्तुत गरिने बताए।

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए। उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए। स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताए।

प्रकाशित: १४ आश्विन २०७८ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App