६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप

प्रमुख विपक्षीदल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेबाहेक संसदमा रहेका सवै दल उपस्थित थिए।

एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको गठबन्धनले आरोप लगाएको छ।'उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ। जुन मुलुकको आवश्यकताभन्दा भिन्न छ' बैठकपछि प्रधानमन्त्री देउवाको भनाईलाई उद्धृत गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने,'आज अनुपस्थित नभए पनि फेरिफेरि पनि उहाँलाई आमन्त्रण गर्छु र बैठकमा आउनुहुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।'

बैठकमा किन उपस्थित नभएको भन्नेबारे सरकारलाई कुनै खबर नआएको कार्कीले जनाए।  'एमाले उपस्थित भएन। कुनै औपचारिक जानकारी पनि आएन एमालेबाट,' मन्त्री कार्कीले भने, 'संसदमा उपस्थित सबै दलको प्रतिनिधि थियो। तर एमालेको उपस्थित थिएन। उहाँहरुले संसद अवरोध गरिरहनु भएको छ। यसअघि सभामुखले आयोजना गरेको बैठकमा समेत अनुपस्थित थियो।'

प्रकाशित: १४ आश्विन २०७८ ०६:५१ बिहीबार

सत्ता गठबन्धनको आरोप एमाले संवाद र वार्ताबाट भाग्न खोजेको