९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

बार एसोसिएशनको १५औँ सम्मेलन पोखरामा

नेपाल बार एसोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ।  

कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता स् व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।  

बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ। बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो। रासस

प्रकाशित: ७ आश्विन २०७८ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App