७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको बैठकमा एमालेले माग्यो सभामुखको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन्।

मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन्। बैठक सुरु हुनासाथ सदाझैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए।

त्यसपछि बोल्न सुरु गरेका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाए।

‘हामी सोध्न चाहन्छाैं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसीसकेपछि मर्यादा कसैले पनि उल्लंघन गर्नहुन्न। त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँही पर्छ। यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौं –तत्काल उहाँले राजीनामा दिनुपर्छ,' उनले भने।

सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन? भनि प्रश्न समेत गरे। उनले संविधान र संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको स्पष्ट पारे।

प्रकाशित: ५ आश्विन २०७८ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App