१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेमाथि बलमिच्याइँ भएको छ : भट्टराई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीले विरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको बताएका छन्। एमालेको बैठकपछि पत्रकारहरुलाई बैठकका निर्णयहरु सुनाउँदै सचिव भट्टराईले विरोधका बाबजुद प्रतिस्थापन विधेयक ल्याउने काम पार्टीमािथ बलमिच्याइँ गरेको बताए हुन्।

सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि बताए। सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेलेको भूमिका र निष्पक्षतामाथि पार्टीको टिप्पणी रहेको बताउँदै सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाए।

उनले अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिति उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको समेत जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०७८ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App