४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल एमालेले  राष्ट्रिय सभा बैठक अवरुद्ध पारेपछि ३० मिनेटका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए।

त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए। बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल देवकोटाले सभामुखले वकिल र सभामुखको भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए। सभामुख सापकोटाले पदको गरिमा राख्न नसकेको उनले बताए।  

उनले सभामुखले आफ्नो गतिविधि नसच्चाएसम्म बैठक चल्न नसक्ने बताए। एमाले सदस्यहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको विषयलाई त्यहीबाटै निरूपण गर्नुपर्ने भन्दै बस्न आग्रह गरेका थिए। तर, एमाले सदस्यहरूले नमानेपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

प्रकाशित: २३ भाद्र २०७८ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App