५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ पार्टीमा आए मुख्यमन्त्रीलाई विश्वासको मत : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले नेकपा एकिकृत समाजवादीमा आए मात्रै प्रदेश १ र ३ का मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएकी छिन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ र ३ का मुख्यमन्त्रीले एमाले छाडेर आए विश्वासको मत दिने बताइन्।  

प्रदेशका  मुख्यमन्त्रीहरू  एमालेमै रहेको अवस्थामा (एकीकृत समाजवादी)ले विश्वासको मत नदिने उनले स्पष्ट पारिन्। ‘प्रदेश १ र ३ का मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा (एकीकृत समाजवादी)ले समर्थन गर्दैन’ उनले भनिन् ‘एकीकृत समाजवादीमा आएको खण्डमा मात्रै हाम्रो समर्थन हुन्छ।’ झाँक्रीले संघमा समाजवादीका कारण सरकार विस्तार प्रभावित नभएको दाबी गरिन्।

उनले (एकीकृत समाजवादी) पार्टी निर्माणको चरणमै रहेको, निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई दल रोज्न दिएको समयसम्म पार्टीले पूर्णता नपाउने भएकाले अहिलेनै सरकारमा जाने नजाने विषयमा कुनै निर्णय नभएको बताइन्।

पार्टी निर्माणले पूर्णता  पाइनसकेकाले प्रदेश १ र ३ को मुख्यमन्त्रीमा पनि (एकीकृत समाजवादी)ले कुनै दाबी नगरेको उनको भनाइ छ।

प्रकाशित: १९ भाद्र २०७८ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App