५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल निर्विरोध

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले दलको नेतामा नेतामा अध्यक्ष माधवकुमार नेपाल निर्विरोध चयन भएका छन्। नयाँ दल दर्ता भएपछि आइतबार संसद भवनको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपाललाई निर्वाचन आयोगले गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो।

यस्तै, राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरिएको छ। संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो। एकीकृत समाजवादीको राष्ट्रियसभामा ७ सांसद छन्।

प्रकाशित: १३ भाद्र २०७८ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App