६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालका अनुसार शनिबार बिहान दुई जनाबीच भेट भएको हो। 

‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, ‘भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ।’ गठबन्धन सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

प्रकाशित: १२ भाद्र २०७८ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App