१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकले पार्टीको आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ। 

निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। 

उनका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, पार्टीले उठाउँदै आएका मुद्दा तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ। उक्त पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ।

यद्यपि यो विषयमा औपचारिक धारणा आइसकेको छैन। महन्थ ठाकुरको अध्यक्षमा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ। सो पार्टीको वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेका छन्। यसैबीच जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने भएको छ। 

प्रकाशित: १० भाद्र २०७८ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App