७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसी र मन्त्रीहरुलाइ सपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आजै (बिहीबारै)माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),जसपा र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको तर्फबाट केसी मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री नियुक्त भएपछि केसीले बिहीबारै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरे। जसमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र सूर्य चिन्हबाट स्वतन्त्र निर्वाचित सांसद अजय शाही मन्त्री बनेका हुन्।

चौधरी शहरी तथा ग्रामिण विकास मन्त्री, खड्का आन्तरिक मामिला तथा कानुन मन्त्री र यादव भौतिक पूर्वाधार तथा योजना मन्त्री बनेका हुन्। ढेंगा, शर्मा र शाहीको मन्त्रालय तोकिएको छैन।

प्रकाशित: २८ श्रावण २०७८ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App