७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेकै कारण नामाकरणमा ढिलाई

सत्तारुढ नेकपा एमालेकै कारण प्रदेशको नामाकरणमा ढिलाई भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ। प्रदेशसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्तारुढ नेकपा एमालेकै कारण प्रदेशको नामाकरणमा ढिलाई भइरहेको बताएका हुन्।  

नामाकरणका लागि एमालेले नै आन्तरिक छलफल गर्ने बाहाना बनाएर ढिलाई गरिरहेको कार्कीले बताए। आफैं अलमल गर्ने  तर, अरु दललाई  देखाएर मुख्यमन्त्रीले झुटा कुरा गरिरहेको कार्कीको आरोप छ। ‘एमालेले  छलफलका लागि समय मागेको तर,मुख्यमन्त्रीले अरु दलहरूलाई देखाएर दलहरुले समय मागेका कारण ढिलाइ भयो भनेर ढाँटिरहनु भएको छ’ कार्कीले भने। उनले आज, अहिलै नामाकरणको विषयमा छलफल थाल्न सूचना निकाले काँग्रेस संसदमा  छलफलका लागि तयार रहेको स्पष्ट पारे। कार्कीले भने ‘आजै, भोलि नै वा अहिलै नामाकरणको विषयमा संसदमा छलफल थाल्न सूचना निकाले काँग्रेस छलफलका लागि तयार छ।’

कार्कीले प्रदेशको नामाकरणमा छलफल गरौं भनी प्रस्ताव गर्दा आफ्नो दलभित्र छलफल गर्छौं भन्ने एमालेले अरु दललाई दोष दिन नमिल्ने स्पष्ट पार।

कार्कीले  प्रदेश नामाकरण सरकारमा टिकीरहने अश्रका रुपमा प्रदेश सरकारले प्रयोग गरिरहेको बताए।  प्रदेश सरकार सुध्रिएला भनेर लामो समय पर्खिएको तर सुध्रिने सम्भावना नरहेको भन्दै उनले सरकारको चर्को आलोचना गरे। कार्कीले प्रदेश सरकारले कोरोना कोषमा राखेको पैसाको हिसाब सांसदले माग्दा समेत नदिएको गुनासो गरे।

सरकारले सरकारी बजेटमा भ्रष्टाचार गरेरमात्र नपुगेर कोषको रकम पनि निजी सुविधामा प्रयोग गरेको नेता कार्कीले आरोप लगाए। सरकारले निर्माण गरेको कोशी कोभिड अस्पताल बन्द गरेर सर्वसाधारणलाई निजी अस्पतालमा महँगो शुल्कमा  उपचार गर्न बाध्य पारेको भन्दै कार्कीले प्रदेश १ को सरकार जनताप्रति उत्तरदायी नभएको आरेप लगाए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यहि अधिवेशनले प्रदेशको नामाकरण टुंगो लगाउने बताउँदै आए पनि अझैसम्म नामाकरणको विषयमा प्रदेशसभामा औपचारिक छलफल सुरू गरिएको छैन।

प्रकाशित: २७ श्रावण २०७८ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App