६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रद्वारा साउन ३० भित्र वडा कमिटी गठन गर्न निर्देशन

नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  

उनले भने,‘पार्टीका सबै कमिटीहरुलाई यहीँ साउन ३० गतेभित्र देशभरीका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय पनि गरेको छ।’

बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ। यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० गतेदेखि बस्ने भनिएपनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक साउन ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।  

सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रिहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार(भोलि) ३ बजे पुनः बस्ने पनि उनले बताए।

प्रकाशित: १७ श्रावण २०७८ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App