८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालेको बताएका छन्।  

अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताहरु प्रतिक्रियावादीसँग मिलेर सरकार ढालेको बताएका हुन्।  

'आफ्नै सांसदहरुलाई भ्रममा पारेर विरोधीको पछाडि राखेर सरकार ढाले', उनले भने, 'हामीले देखिरहेका छौं, आफ्नै सांसदलाई फकाएर राष्ट्रपतिको विरोधमा उतारियो।'

ओलीले पार्टीका नेताहरुले एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति आपत्ति जनाए। 'हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरूको अगुवाइमा प्रतिगमनको आयोजना भयो', उनले भने, 'माओवादीको कुरा छोडौं उनीहरूको टुप्पी अर्कैको हातमा छ।

आफूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको उनकाे भनाइ छ।

प्रकाशित: १० श्रावण २०७८ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App