५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सकियो राष्ट्रियसभाको चालू अधिवेशन, राष्ट्रपतिद्वारा भोलिको बैठक पनि अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी छन्। नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। राष्ट्रियसभाको चालू आठौं अधिवेशन यही असार १७ गते आह्वान भएको थियो।

अधिवेशनका क्रममा बसेको छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: २८ असार २०७८ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App