१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २: जसपा फुटले सरकारमा फेरबदल

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको एक वर्ष बित्दा पनि प्रदेश २ मा संसदीय दलको साझा नेता चयन हुन सकेको थिएन। केन्द्रमा जसपा ठाकुर पक्ष ओली सरकारमा सहभागी भएलगत्तै प्रदेश २ मा जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्।  

यसअघि जसपामा दुईजना संसदीय दलका नेता थिए, संघीय समाजवादीबाट लालबाबु राउत र राजपाबाट जितेन्द्र सोनल। आइतबार जसपाको बहुमत सांसदले मुख्यमन्त्री लालबाबु राउतलाई जसपाको संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्र पराकम्पन आएको छ। ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएलगत्तै जनकपुर झरेका जसपा अध्यक्ष उपेन्द्र यादव प्रदेशको सत्ता समीकरण बदल्ने कसरतसमेत तेज पारेका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिमा बहुमत यादवकै पक्षमा रहेकाले पार्टीको आधिकारिकता उनैले पाउने पक्का छ। सोही आधारमा प्रदेश २ सरकारबाट महन्थ–राजेन्द्र पक्षका मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई भिœयाउने कसरत थालेको ती सांसदले बताए। जेठ २४ गते प्रदेश सरकारले प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम तय छ। यो कार्यक्रमपछि मात्र सरकार पुनर्गठन हुनेछ।  

प्रदेश २ मा सरकार पुनर्गठनका लागि जसपाको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन लगभग पक्का जस्तै रहेको जसपाको एक सांसदले बताए। एमालेको माधव नेपाल पक्षलाई समेत गठबन्धनमा सामेल गराउने कसरत जारी छ। जसपा उपेन्द्र पक्षमा पूर्व संघीय समाजवादीका ३० सहित ४० जना सांसद रहेको ती सांसदको दाबी छ। उनका अनुसार ठाकुर महतो पक्षका १० जना सांसद उपेन्द्रका पक्षमा उभिन्छन्। 

जसपाको उपेन्द्र पक्षले कांग्रेस र माओवादीलाई सत्ता साझेदार बनाएमा प्रदेशसभामा आवश्यक बहुमत जुट्छ। अहिले प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित २ जना राज्यमन्त्री महन्थ–राजेन्द्र समूहमा छन्। जसपाले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको खण्डमा मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्न उनलाई संसदीय दलको नेता बनाइएको हो।

तत्कालीन समाजवादी र राजपाबीच एकतासँगै भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका अतिरिक्त ३ राज्यमन्त्रीसहित तत्कालीन राजपाबाट प्रदेश सरकारमा ६ जना सामेल भएका थिए। तर सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय पछिल्लो समय उपेन्द्र पक्षमा खुलेका छन। अन्य मन्त्री तथा राज्यमन्त्रीहरू खुलेका छैनन्।

मन्त्रीद्वय साह र रायले कार्यकारिणी समितिको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई कारबाही गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन्। कांग्रेसका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार परिवर्तनको गाइँगुइँ सुनिरहेको बताए। उनले सरकार परिवर्तन भएमा कांग्रेसले मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबीसमेत प्रस्तुत गरेका छन्। कांग्रेसले जिम्मेवारी पायो भने साढे तीन वर्षमा सरकारले गर्न नसकेको काम बाकी दिनमा गरेर देखाउने दाबी गरे। यद्यपि यस विषयमा दलहरूबीच छलफल भएर सहमति नेतृत्वको चयन हुने उनको भनाइ छ। माओवादी केन्द्रले भने मुख्यमन्त्रीमा लालबाबु राउतलाई नै निरन्तरता पाउने बताएको छ। 

माओवादीका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशमा सरकार पुर्नगठन भएको अवस्थामा पनि मुख्यमन्त्रीमा लालबाबु राउत नै रहने स्पष्ट पारे। जसपाका एक प्रवावशाली नेताका अनुसार मुख्यमन्त्रीमा लालबाबु राउतलाई निरन्तरता दिने गरि नेपाली कांग्रेसलाई भौतिक पूर्वाधार मन्त्रालयसहितका दुई वा तीन मन्त्रालय, माओवादी केन्द्रलाई दुई मन्त्रालय दिएर सरकार पुनर्गठनको तयारी भैरहेको छ।

ठाकुर–महतो पक्षका चार मन्त्री बर्खास्त

लहान, जेठ २३ (नागरिक)– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्रीसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले आइतबार राती ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।

जसपाको ठाकुर–महतो पक्षका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री राउतले आइतबार राति हटाएको पत्र प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराइसकेका छन्। प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रमिण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन्। प्रदेश प्रमुखको सचविालयले विज्ञप्ति जारी गरी जानकारी गराउने बताइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले सम्हाल्नेगरी जिम्मेवारी तोकिएको छ। 

वियकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामलिा तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृष तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजकि विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण 

प्रकाशित: २४ जेष्ठ २०७८ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App