६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

योगेश भट्टराईको सरकारलाई प्रश्नः चुरेबारे यथार्थ के हो?

नेकपा एमालेका नेता योगेश भट्टराईले बालुवा, गिट्टी लगायतको निकासी खुल्ला गर्ने निर्णयबारे सरकारसँग प्रश्न गरेका छन्। 

सामाजिक सन्जालमा लेख्दै उनले बालुवा, गिट्टी लगायतको निकासी खुल्ला गर्ने सरकारी निर्णयबारे तराईको वातावरणीय प्रभाव विषयमा सार्वजनिक भैरहेका बहसका बारेमा यथार्थ के हो भनि प्रश्न गरेका हुन्। 

यस्तै, उनले यस विषयमा सरकारले थप स्पष्ट गर्नु पर्ने बताएका छन्।

उनले लेखेका छन्, 'बालुवार गिट्टी लगायतको निकासी खुल्ला गर्ने सरकारको निर्णयसंगै तराईको वातावरणीय प्रभाब, चुरे क्षेत्रमा पर्ने प्रभाव जस्ता बिषयमा सार्वजनिक भैरहेका बहसका बारेमा यथार्थ केहो ? सरकारले स्पस्ट गर्नु पर्दछ।'

प्रकाशित: १८ जेष्ठ २०७८ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App