५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशील साझा पार्टीले भन्यो – राष्ट्रपतिलाई महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीबाट श्रृङ्खलाबद्ध रूपमा सिंवधानमाथि प्रहार भइरहेको बताएको छ ।  शुक्रबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै विवेशील साझाका प्रवक्ता शरदराज पाठकले त्यसप्रति चिन्ता व्यक्त गरेका हुन् ।  

‘संविधानको रक्षा गर्ने दायीत्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु भनेको ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता रहेको विवेकशील साझाले टिप्पणी गरेको छ ।  

विवेकशील साझाले हाल विकराल बनेको कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध हुने समेत बताएको छ । 

प्रकाशित: ७ जेष्ठ २०७८ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App