२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बने

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

बहुमतीय सरकार बनाउन आह्वान गरेको निर्धारित समयमा कसैलेपनि बहुमत पु¥याउन नसकेपछि गुरुङ दोश्रोपटक मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरे । प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । गुरुङले आजै साँझ सपथ खाने बताइएको छ ।

यसअघी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४ दलले हस्ताक्षर बुझाएका थिए । जसमा ३० सांसदको हस्ताक्षर छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सो मत बहुमतका लागि पर्याप्त नभएपछि प्रदेश प्रमुखले ठूलो दलको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीको नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित: २९ वैशाख २०७८ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App