१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आफैले विघटन गरेको संसदबाट कुन नैतिकताले विश्वास मतः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुने गरी संसद विघटन गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिने नैतिकता समेत गुमाएको बताएका छन्। सोमबारको संसद बैठकमा बोल्दै उनले विश्वासको मतमा पनि जालझेलको संकेत देखिएको सुनाए।  

‘अनाहकमा संसद विघटन गरेर तपाईँले विश्वास गुमाईसक्नु भएको छ,’ उनले भने, ‘अब यहि सदनमा के को विश्वासको मत, के को सहयोग।’

कोभिड महामारीको समयमा यस्तो स्थिति आउनु दुःखदायक रहेको बताउँदै अहिलेको समस्या आफू हैन प्रधानमन्त्री रहेको सुनाए। आफूलाई राष्ट्रिय समस्या भनेको तर्फ इंगित गर्दे उनले प्रधानमन्त्रीका क्रियकलापले उनीनै समस्याको जड रहेको आरोप लगाए।  

‘म होकी तपाई हो राष्ट्रिय समस्या बहस गरौ’, उनले भने, ‘बाम गठबन्धन बनाए मैले के नराम्रो गरे अनि संसद विघटन गरेर तपाईले के राम्रो गर्नु भयो।’ आफूले गरेको सहयोगको बदला आफूले आरोप सुन्नु परेको उनले जनाए।

प्रकाशित: २७ वैशाख २०७८ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App