४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

फाइल तस्बिर

संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी सो बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् । ‘वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको छ’ ,विज्ञप्तिमा भनिएको छ।

नेपाली काँग्रेसले सुरुदेखि नै उक्त कार्यको विरोध गर्दै आएको जनाउँदै पार्टी सभापति देउवाले सरकारको उक्त अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको र त्यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको समेत बताए।

‘कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका  मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित रहेको बताउँदै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने घोषणा गर्दै पार्टी सभापति देउवाले सो बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गरेका छन्। 

प्रकाशित: २५ वैशाख २०७८ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App