६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई माओवादी केन्द्रको चेतावनीः कोराेनालाई राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्नू

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले कोभिड १९ लाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले गरेका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना माहामारी नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गर्दै कोभिड १९ लाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए।

‘कोभिड १९ को संवेदनशील विषयलाई ठिक ढंगले सम्बोधन गर्नुपर्छ, तर यसलाई जनता आतंकित पार्ने वा आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्न पनि आह्वान गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने।

बैठकले नेपालमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढेको र यसले जनताको जनजीवन, अर्थतन्त्र सबैतिर नकारात्मक असर पुग्ने खतरा बढेको बताउँदै कोभिड १९ को बहुआयामिक विषयलाई सम्बोधन र तथा रोकथाम र नियन्त्रणका लागि सबै सरोकारवालाहरु एकातावद्ध भएर हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिएको उनको भनाइ छ। उनले बैठकले कोभिड १९ विरुद्धको लडाइँका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको जानकारी दिए।

उनले छिमेकी देश भारतमा भयावह बनेको र सीमा खुला बनेको अवस्थामा सीमा कडा गर्न, तत्काल कोभिड डेडिकेटेड अस्पताल बनाउन, अक्सिजन, भेन्टिलेटर, आईसियुको व्यवस्था गर्न, आइसोलेसन सेन्टर व्यवस्था गर्न, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र फ्रन्टलाइनमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको लागि काम गर्ने उपयुक्त वातावरण बनाउन पनि माग गरेको बताए।  

यसका साथै कोभिड १९ का कारण पीडामा रहेका मजदुर, किसान, विपन्न परिवारका लागि तत्काल राहत प्याकेज दिन पनि पनि माग गरेको उनको भनाइ छ।

प्रकाशित: १४ वैशाख २०७८ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App