२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीमा सत्ताको अहंकार देखिएको छ: नेपाल

नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन् ।  

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको तातो कुर्सीमा बसेको हुनाले दिमाग पनि तातो भएको आरोप लगाएका छन् । उनी सत्ताको अहंकारमा रहेको आरोप लगाउँदै नेपालले देशभरका कार्यकर्ताहरू आफ्नो पक्षमा रहेको बताएका छन् ।

 जिल्ला जिल्लामा विभिन्न भ्रातृ संगठन तथा पार्टी कार्यकर्ताहरूको लहर आफ्नो पक्षमा रहेको बताउँदै नेता नेपालले आफूहरूलाई जनता र कार्यकर्ताको साथ रहेको स्पष्ट पारेका छन् । महिला, युवा, विद्यार्थीलगायतका संगठनहरूको भेला सबैतिर भइरहेको र सबैको आकर्षण पार्टीको मूल प्रवाह रहेको नेता नेपालले बताए । 

प्रकाशित: ३० चैत्र २०७७ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App