७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद जानकीदेवीले शपथ लिइन

तस्बिर: रासस

प्रतिनिधिसभामा एमालेको कोटामा रिक्त रहेको समानुपातिक सांसद पदमा निर्वाचित जानकीदेवी रामले आइतवार पद तथा गोपनीयताको सपथ लिएकी छन्।  

संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको थियो। सिरहाकी राम इलामकी सानु सिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन। उनको सपथसँगै नेकपा एमालेको प्रतिनिधिसभामा सांसद संख्या १२१ पुगेको छ।  

प्रधानमन्त्री ओलीले संसद्मा हुने अविश्वासको प्रस्ताव असफल र विश्वासकोमत सफल बनाउनमा १७ मत अन्य दलबाट प्राप्त गुर्नपर्ने चुनौती छ।

प्रकाशित: २३ चैत्र २०७७ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App