२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।  

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ। यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो।  

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताइन्। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ। 

प्रकाशित: ७ चैत्र २०७७ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App