२६ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको कुनै भेला छैन, गुटगत भेलामा जानेलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

फाइल तस्बिर।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षको बुधबार र बिहीबारका लागि बोलाइएको राष्ट्रिय भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार साँझ एक विज्ञप्तिमार्फत उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेकाले गुटगत भेलामा नजान निर्देशन दिएका हुन्। उनले नेपाल पक्षले बोलाएको भेलालाई लिएर गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।

अनाधिकृत रुपमा गुटगत भेला नगर्न–नगराउन आग्रह गर्दै महासचिव पोख्रेलले लेखेका छन्, ‘त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ।’

भेलामा सहभागी हुनेलाई कारबाही हुने चेतावनी दिँदै उनले भनेका छन्, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ।’

प्रकाशित: ३ चैत्र २०७७ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App