७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवा र प्रचण्डबीच नयाँ सरकार समिकरणका विषयमा छलफल

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।

भेटमा नेताहरुबीच आगामी सरकार समिकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। स्रोतकाअनुसार उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको थियो।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७७ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App