२८ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई वर्षपछि नवलपुरमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

सरकारले प्रतिबन्ध फुकुवा गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन। शुक्रबार बिहान नवलपुरको दलदलेमा  उनी सार्वजनिक भएका हुन्।  

सरकारले दुईवर्ष अघि चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए। बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन्। सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन्।  

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका थिए। देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौं प्रस्थान गरेको प्रहरीले जनाएको छ। आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा रहेकोले नवलपुरको दलदलेबाट काठमाडौं आउँदै छन्। 

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:२९ शुक्रबार

विप्लवका महासचिव चन्द काठमाडौं आउँदै