५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई उपचार गराएर स्वदेश फिर्ता

स्वास्थ्यमा उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  स्वदेश फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भारतमा  गएका भट्टराई परीक्षणपश्चात नेपाल वायु सेवा निगमको विमानमार्फत मंगलबार  स्वदेश फर्किएका हुन्।  

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा भट्टराई यही फागुन ९ गते दिल्ली गएका थिए। परीक्षणपछि पेटमा  देखिएको ट्युमरलाई ढिला नगरी दुई र तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव सुझाव छ । बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले  सचेत गराएका छन्।  

प्रकाशित: १८ फाल्गुन २०७७ १३:०० मंगलबार

बाबुराम भट्टराई