सुर्खेतको वीरेन्द्रनगरमा आयोजित केपी ओलीको सभा स्थगित भएको छ। फागुन १४ गते आयोजना गरिएको सभा स्थगित भएको ओली पक्षका नेता गुलावजंग शाहले बताए।
बदलिएको परिस्थितिसँगै सभा स्थगित गरिएको उनले बताए। पुस ५ गते संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली देशका विभिन्न स्थानमा आयोजना भएका सभामा भाषण गर्न पुगेका थिए।
मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेको थियो।
प्रकाशित: १२ फाल्गुन २०७७ ०९:३० बुधबार