७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा खुलेका छन्। संसद विघटनपछि एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–नेपालमा लागेका तामाङ फेरि ओली समूहमा फर्किएका हुन्।

गत प्रतिनिधिसधाको चुनावमा तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। उनी ओली नेतृत्वको सरकारको कानुनमन्त्री समेत भएका थिए। तर, बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुका बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएपछि उनले २०७५ साउन ८ गते पदबाट राजीनामा दिनुपरेको थियो।

प्रकाशित: ८ फाल्गुन २०७७ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App