५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश सभामा सत्तारुढ दलकै अवरोध

प्रदेशसभा बैठकमा उठेर अबरोध गर्दै सत्तारुढ दलका सांसदहरू। तस्बिरः चुमन बस्नेत

प्रदेश १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मलाई स्थगित भएको छ। आइतबारको बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले माघ ९ गतेसम्मलाई बैठक स्थगित गरेका हुन्।

प्रदेसभा बैठकमा राष्ट्रियगान बजे लगत्तै उठेर सत्तापक्षका सांसदहरूले विरोध जनाएपछि सभामुख भण्डारीले बैठक फागुन ९ गते सम्मका लागि स्थगित भएको जानकारी गराए। नेकपाको संसदीय दलले  ३ महिनाका लागि कार्वाही गरेर निलम्वन गरिएका सांसदहरूलाई बैठकमा उपस्थिति गराएर संसद बैठक चल्न नसक्ने भएकाले आफूहरूले बैठकमा अबरोध गरेको सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। भण्डारीले भने ‘संसदीय दलल संसदले कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कार्वाही गरेका सांसदलाई राखेर संसद बैठक चल्नै सक्दैन।’  

यता नेकपाका माधव प्रचण्ड समुहका सांसदहरूले भने चरम सत्तालिप्साले समस्या निम्तिएको बताएका छन्। मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावका प्रस्तावक तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर  आङ्वोले चरम सत्ता लिप्साले समस्या निम्तिएको बताए। संसद बैठक सञ्चालन गर्न  सभामुखले कुनै भूमिका नै निर्बाह नगरेको आङ्वोले आरोप लगाए। उनले भने‘एक पटक अबरोध भए पनि बैठक स्थागित गरेर केहि समय पछि पुनः बैठक बोलाउन सकिने अवस्थामा पनि सभामुखले बैठक सञ्चालनका लागि कुनै चेष्ठा नै गर्नुभएन।’  सभामुखसँग छलफल गरेर भोली नै बैठक बोलाउन पहल गर्ने आङ्वोको भनाई छ। ‘सभामुखसँग छलफल गरेर भोलि नै बैठक बोलाउन हामी पहल गछौं।’  

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले आजको कार्यसूचिमा स्पष्ट रुपमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव टेवुल गर्ने भन्ने उल्लेख भए पनि सत्तापक्षकै सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध पारेको बताए। सत्तापक्षबाटै संसद बैठक अवरुद्ध भएको पहिलो घटना हुनसक्ने भन्दै कोइरालाले संसद बैठकमा सत्तापक्षबाटै अविश्वासको प्रस्ताव टेवुल हुनै नदिने कामले संघिय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थालाई राम्रो नगर्ने बताए। उनले भने‘सत्तापक्षबाटै संसद बैठक अबरुद्ध गर्नुले संसदीय व्यवस्था र लोतान्त्रिक गणतन्त्रलाई राम्रो गर्दैन।’  

सत्तारुढ नेकपा भित्रको किचलोले प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित हुँदै आएकोछ। यस अघि हिउँदे अधिवेशनको पहिलो बैठक पनि प्रदेश प्रमुखले पठाएको  अधिवेशन आह्वानको पत्र पढेर स्थगित गरिएको थियो। नेकपा प्रचण्ड माधव समूहले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गर्दै मुख्यमन्त्री राई विरुद्ध  अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको  छ। मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएका छन्। मुख्यमन्त्रीले पनि अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन  गरेका छन्।  सत्तारुढ नेकपाको प्रचण्ड माधव समूहका सांसदहरूले ओली पक्षीय मुख्य मन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि प्रदेश १ मा नेकपा भित्रको विवाद चुलिएको छ। सत्तारुढ दलकै विवादका कारण आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठक सांढे ४ घण्टा बसेको थियो। विहान ११ बजे सुरू भएको बैठक दिउँसो साँढे ३ बजे सकिएको थियो।  नेकपा भित्रको विवादका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक लम्विएपछि आइतबार दिउँसो २ बजेलाई बोलाईएको बैठक  ४ बज्न केहि मिनेट अगाडि मात्रै सुरु भएको थियो।  

 

प्रकाशित: २५ माघ २०७७ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App