१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक निकायका पदाधिकारीको शपथमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

गैरसंवैधानिक कार्यको साक्षी बस्न सकिँदैन

संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन्।

संवैधानिक निकायका पदाधिकारीको वुधबार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ समारोह थियो। तर सपथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन्।

उपराष्ट्रपति पुन स्वास्थ्यका कारण सपथमा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ। समारोहमा स्वास्थ्यका कारण उपस्थित हुन नसक्नेबारे हिजोनै राष्ट्रपति कार्यालयलाई जानकारी गराएको उपराष्ट्रपतिका प्रेस विज्ञ मनोज घर्तिमगरले बताए।

सपथछिको सामूहिक तस्बिर। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

सभामुख सापकोटाको सचिवालयले भने गैरसंवैधानिक कार्यको साक्षी बस्न जान नसकिएको बताएको छ। 'हामीले सुनुवाई सम्वन्धि पत्र फिर्ता पठाइसकेका छौं। यो सरासर गैरसंवैधानिक छ। त्यसको साक्षी सभामुख बस्न सक्नु हुन्न', सचिवालयले भन्यो। 

सभामुख अन्नि सापकोटाले आइतबार मात्रै संवैधानिक निकायका पदाधिकारीको सुनुवाई सम्वन्धि पत्र फिर्ता पठाएका थिए। उनले त्यसका लागि ७ वटा कारण वुँदागतरुपमा नै उल्लेख गरेका थिए।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा कानूनी र राजनीतिक विवाद कायम छ। संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नगरी पदाधिकारीको शपथ गराइएको हो। प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदसम्वन्धि अध्यादेश जारी गरेर वैठक राखेका थिए। नेकपाको बैठकमा संवैधानिक परिषदमा नियुक्ति नभएको जानकारी दिएका उनले पछि नियुक्ति सिफारिस गरिएका नाम सार्वजनिक भएको थियो।

गैरसंवैधानिक रूपमा पदाधिकारी नियुक्ति गरिएको भन्दै शपथ रोक्न माग राख्दै मंगलबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका छन्।  

 

प्रकाशित: २१ माघ २०७७ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App