५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसद् विघटन गर्ने होइन : वरिष्ठ अधिवक्ता थापा

फाइल तस्बिर।

वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार चलाउन मन नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। सर्वोच्चमा विचाराधीन प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा मंगलबार बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले सरकार चलाउन मन नभए राजीनामा दिनसक्ने तर असंवैधानिक तवरबाट संसद् विघटन गर्न नसक्ने बताए।

‘सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसद् विघटन गर्न अधिकार संविधानले दिँदैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई दिएको लिखित जवाफमा संवैधानिक आधार उल्लेख नगरिएको उनको भनाई छ। उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले कुनैपनि दृष्टिकोणबाट संसद् विघटन गर्न नसक्नेमा जोड दिएका थिए।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसवि?द्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका छन्। रिट निवेदनमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ।

प्रकाशित: १३ माघ २०७७ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App