१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

केपी ओलीको पुस्तालाई नै प्रतिस्थापन गर्ने उपयुक्त समय आएको छ : मिलन पाण्डे

विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको प्रतिगामी कदम विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार इलाम बजारमा प्लेकार्ड प्रदर्शनसहित गरिएको विरोध सभामा विवेकशीलका सदस्य र स्थानीयले विरोध प्रदर्शन गरेको हो ।  

कार्यक्रममा विवेकशील साझाका केन्द्रीय संयोजक मिलन पाण्डे, प्रदेश नं १ का कार्यवाहक संयोजक महेन्द्र थापा, युवा संगठनका प्रदेश संयोजक सरोज नेपाल र इलाम जिल्ला संयोजक प्रेम आचार्य उपस्थित थिए । संगठन विस्तारका लागि प्रदेश नं १ का विभिन्न जिल्लको भ्रमणका क्रममा इलाम पुगेका पार्टी संयोजक पाण्डेले विरोध सभामा बोल्दै प्रधानमन्त्रीले गरेको संसद विघठन असंवैधानिक मात्र नभएर नागरिकको मतको, आशाको अनि अपेक्षामाथिको घात भएको बताए ।  

विवेकशील साझा पार्टी पहिलो दिनदेखि देशभरि यो प्रतिगमनका विरुद्ध सडकमा विरोध जनाइरहेको छ ।  विरोध सभामा बोल्दै पार्टीका नेताहरुले वर्तमान सरकार सुरुदेखि नै गलत बाटोमा रहेकाले अब नागरिकहरुले सडकबाटै परास्त गर्नुपर्ने बताए । केपी ओलीको सट्टामा प्रचण्डलाई सत्ता सुम्पिन होइन, लोकतन्त्र र संविधानको रक्षाका लागि नागरिकहरु सडकमा आउनुपर्नेमा उनीहरुको जोड थियो ।

‘विधि नमान्ने र अराजकतामा रमाउने नेतृत्व रहेसम्म यस्ता प्रतिगमन भइरहन्छन तर अहिले केपी ओली मात्र हैन उनको पुस्तालाई नै प्रतिस्थापन गर्ने उपयुक्त समय आएको छ’, संयोजक पाण्डेले भने । केही दिनमै एकिकरण समायोजन प्रकृया सकेर संगठन विस्तारमा लाग्न चाहेको भन्दै पार्टीलाई वैकल्पिक मात्र हैन सक्षम प्रतिस्थापक शक्ति बनाउने गरि काम गर्ने पाण्डेको तर्क थियो ।

प्रकाशित: ११ माघ २०७७ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App